बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै

बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) को बैठकमा सहभागी हुन भारत भ्रमणमा निस्किएका छन्।

गुरुङ केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन्। उनी बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरू सहभागी हुने बैठकमा भाग लिन भारत जान लागेका हुन्।

बैठकमा नेपालसहित सात सदस्य राष्ट्रका गृहमन्त्री सहभागी हुनेछन्। सहभागी हुने देशमा नेपाल, बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्ड छन्।