

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला सहमहामन्त्रीका दुई पदका लागि भइरहेको मतगणनामा रामहरि खतिवडाले अग्रता कायम गरेका छन्।
कुल १ हजार ६८९ मत गणना हुँदा खतिवडाले सर्वाधिक ७६८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी अजय शिवाकोटीले ५४८ मतसहित दोस्रो स्थानमा पछ्याइरहेका छन्।
त्यस्तै, डिल्लीराज सुवेदीले ४३९ मत र देवेन्द्रराज कँडेलले ३३४ मत प्राप्त गरेका छन्।
अन्य उम्मेदवारमध्ये विकास कोइरालाले २८४, रमेशप्रसाद धमलाले २०५, अमृतकुमार अर्यालले १७६ र विमलराज क्षेत्रीले ६१ मत प्राप्त गरेका छन्।
खुला सहमहामन्त्रीका दुई पदका लागि मतगणना जारी रहेको छ।