सिंहदरबारमा सर्वदलीय बैठक सुरु, उच्चस्तरीय राजनीतिक संयन्त्रबारे छलफल

सिंहदरबारमा सर्वदलीय बैठक सुरु, उच्चस्तरीय राजनीतिक संयन्त्रबारे छलफल

काठमाडौं । सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बैठक बसेको हो। बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन लगायतका विषयमा छलफल हुने बताइएको छ।

रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसहित समसामयिक विषयमा पनि छलफल हुनेछ। बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू तथा प्रतिनिधिहरू सहभागी छन्।