आज यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

आज यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

काठमाडौं । आज बुधबार बिहानको मापनअनुसार कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली र तिनका सहायक नदीका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

यद्यपि वर्षा जारी रहेकाले ती नदीको बहाव क्रमशः बढ्दै जाने सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, ताप्लेजुङ, संखुवासभा, भोजपुर, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, हुम्ला, बझाङ र बाजुरा तथा आसपासका जिल्लाबाट बहने साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ। वर्षाका कारण नदी तथा खोलानालाको जलसतह बढ्न सक्ने भएकाले तटीय तथा जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।