

काठमाडौं । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलबाट ६ वटा शव निकालिएको छ।
सैनिक मुख्यालय जङ्गी अड्डाका अनुसार टनेलमा ढलानका लागि बुनिएको डन्डीको जालीमा अल्झिएको अवस्थामा ती शव फेला परेका हुन्। उद्धार टोलीले आवश्यक उपकरण प्रयोग गरी शव बाहिर निकालेको जनाएको छ।
उद्धार तथा खोजी कार्यमा सुरक्षाकर्मीका साथै आयोजनाका प्रतिनिधि पनि खटिएका छन्।
टनेलको भित्री भागमा थप शवजस्तो आकृति देखिएको जनाइएको छ। त्यस क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ।