सिमलतालमा पहिरो, नारायणगढ–मुग्लिन सडक अवरुद्ध

सिमलतालमा पहिरो, नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलताल नजिक आज बिहान पहिरो खस्दा दुईतर्फी यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार पहिरो हटाउने काम तत्काल सुरु गरिएको छ। सडक छिटो सञ्चालनमा ल्याउन डिभिजन सडक कार्यालयसँग समन्वय गरेर पहिरो पन्छाउने कार्य भइरहेको उनले जानकारी दिए।

प्रहरीले यात्रुलाई वैकल्पिक व्यवस्था अपनाउन तथा सडक सञ्चालनसम्बन्धी पछिल्ला सूचनाको जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ।