काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरेलाई नियुक्त गरेको छ।
पछिल्लो मन्त्रिपरिषद् बैठकले घिमिरेलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो। यद्यपि, सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दा उक्त नियुक्तिबारे जानकारी दिएका थिएनन्।
घिमिरेको शपथग्रहण कार्यक्रम केहीबेरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा हुने तयारी गरिएको छ।
यसअघि अध्यादेशमार्फत तत्कालीन अध्यक्ष भूपेन्द्र भण्डारी पदमुक्त भएपछि घिमिरेले निमित्त अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए। अब मन्त्रिपरिषद्को निर्णयसँगै उनी प्राधिकरणको पूर्णकालीन अध्यक्ष बनेका छन्।