कांग्रेस सभापति गगन थापाको घरअगाडि पनि शंकास्पद गाडी पार्किङ, प्रहरीले क्रेनमार्फत हटाउँदै

कांग्रेस सभापति गगन थापाको घरअगाडि पनि शंकास्पद गाडी पार्किङ, प्रहरीले क्रेनमार्फत हटाउँदै

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको काठमाडौंस्थित निवास अगाडि पनि शंकास्पद रूपमा पार्किङ गरिएको गाडी फेला परेको छ।

थापाको निवासको मूल गेट अगाडि बा.ए.च. ९५७५ नम्बरको गाडी पार्किङ गरेर छाडिएको अवस्थामा भेटिएपछि प्रहरीले क्रेनमार्फत हटाउने प्रक्रिया अघि बढाएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका एक अधिकृतका अनुसार उक्त गाडी नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिनेछ।

यसअघि सोमबार नै विभिन्न सञ्चारमाध्यमका कार्यालय अगाडि शंकास्पद रूपमा पार्किङ गरिएका सवारीसाधन पनि प्रहरीले हटाएको थियो।

प्रहरीले कान्तिपुर पब्लिकेशन, अनलाइनखबर र हिमालय टेलिभिजनको कार्यालय गेट अगाडि पार्किङ गरिएका गाडीहरू ट्राफिक प्रहरीको क्रेन प्रयोग गरेर हटाएको जनाएको छ।

ती सवारीसाधन कसले, किन र के उद्देश्यले विभिन्न संवेदनशील स्थानमा पार्किङ गरेर छाडेको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।