रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समितिको सभापतिमा नवीन त्रिपाठी निर्वाचित भएका छन्।

चार जना उम्मेदवारबीच भएको प्रतिस्पर्धामा त्रिपाठीले सर्वाधिक मत प्राप्त गर्दै नेतृत्व हात पारेका हुन्। यसअघि उनी गण्डकी प्रदेश समितिको महामन्त्रीका रूपमा कार्यरत थिए।

निर्वाचनमा त्रिपाठीले २३४ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी तथा पूर्व प्रदेश सभापति एवं सांसद राजन गौतमले १८२ मत पाए।

त्यस्तै, उम्मेदवार माधव कँडेलले ११ मत प्राप्त गर्दा हरिबहादुर कार्कीले २ मत मात्रै हासिल गरे।

निर्वाचन परिणामसँगै त्रिपाठी रास्वपाको गण्डकी प्रदेश नेतृत्वमा चयन भएका छन्।