

काठमाडौं । सेफ सन्तोष साह पक्राउ परेका छन्। उनलाई शुक्रबार राति जनकपुरबाट पक्राउ गरिएको हो।
उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार साहलाई बैंकिङ कसुरसम्बन्धी आरोपमा पक्राउ गरिएको एसएसपी सन्तोष खड्काले जानकारी दिएका छन्।
प्रारम्भिक विवरणअनुसार गैरीधारास्थित एक रेष्टुरेन्ट खरिद प्रक्रियासँग सम्बन्धित आर्थिक लेनदेनमा विवाद भएपछि उनीमाथि उजुरी परेको बताइएको छ। उक्त रेष्टुरेन्ट करिब एक करोड ३० लाख रुपैयाँमा खरिद गरिएको भए पनि बाँकी रकम भुक्तानी नगरेको आरोप छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।