अर्थमन्त्रीमाथि छानबिन समिति आवश्यक छैन : सरकार

अर्थमन्त्रीमाथि छानबिन समिति आवश्यक छैन : सरकार

काठमाडौं । शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि छानबिन गर्न कुनै समिति गठन नहुने स्पष्ट पारेका छन्।

बजेटमा करका दर हेरफेर गरिएको आरोप लगाउँदै विपक्षी दलहरूले संसदीय छानबिन समितिको माग गरिरहेका बेला सरकारको धारणा सार्वजनिक गर्दै मन्त्री पोखरेलले हाल त्यस्तो आवश्यकता नरहेको बताएका हुन्।

उनले अर्थमन्त्री वाग्लेले उठाइएका सबै प्रश्नको जवाफ संसद् र सम्बन्धित समितिमा दिइसकेको उल्लेख गर्दै थप छानबिनको औचित्य नरहेको बताए।

‘अर्थमन्त्रीज्यूले यस विषयमा स्पष्ट पारिसक्नुभएको छ। उठेका विषयहरूको उत्तर उहाँले सदनमा पनि दिनुभएको छ र समितिमा पनि दिनुभएको छ,’ मन्त्री पोखरेलले भने, ‘यसभन्दा बाहिर कुनै थप समिति बनाउने वा छानबिन गर्ने आवश्यकता हामीले अहिले महसुस गरेका छैनौँ।’

विपक्षी दलहरूले बजेट निर्माण प्रक्रियामा करका दर परिवर्तन गरिएको भन्दै संसदीय छानबिनको माग गर्दै आएका छन् भने सरकारले उक्त आरोप अस्वीकार गर्दै आएको छ।