सिजी इलेक्ट्रोनिक्सका ४० विजेता नेपाल–वेस्ट इन्डिज खेल हेर्न मुम्बई प्रस्थान

सिजी इलेक्ट्रोनिक्सका ४० विजेता नेपाल–वेस्ट इन्डिज खेल हेर्न मुम्बई प्रस्थान

काठमाडौँ । नेपालको अग्रणी इलेक्ट्रोनिक्स कम्पनी सिजी इलेक्ट्रोनिक्स ले ‘वर्ल्डकप मुम्बई ट्रिप योजना’ अन्तर्गत छनोट भएका ४० जना भाग्यशाली विजेतालाई शुक्रबार मुम्बई पठाएको छ। आईसीसी टी–२० पुरुष विश्वकप अन्तर्गत हुने नेपाल र वेस्ट इन्डिजबीचको खेल प्रत्यक्ष हेर्ने अवसर पाएका विजेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट उत्साहका साथ प्रस्थान गरेका हुन्।

कम्पनीले मंसिर २९ देखि माघ १२ गतेसम्म सञ्चालन गरेको योजनामा ग्राहकहरूको उल्लेखनीय सहभागिता रहेको जनाएको छ। उक्त अवधिमा एलजी, सिजी, सिजी SDA, टिसिएल, ब्ल्याक+डेकर, गोदरेज, सेन्साई, माइडिया, केन्ट र क्राम्प्टनजस्ता ब्रान्डका उत्पादन खरिद गर्ने हजारौं ग्राहकले एसएमएसमार्फत सहभागिता जनाएका थिए। तीमध्येबाट डिजिटल गोलाप्रथाद्वारा निष्पक्ष रूपमा ४० जना विजेता छनोट गरिएको कम्पनीले जानकारी दिएको छ।

विजेताहरूलाई पाँच दिने मुम्बई भ्रमण प्याकेज उपलब्ध गराइएको छ। यसमा काठमाडौँ–मुम्बई–काठमाडौँ दुईतर्फी हवाई टिकट, मुम्बईस्थित तारे होटलमा बसोबास तथा खानपिनको व्यवस्था समावेश छ। साथै, मुम्बईका प्रमुख पर्यटकीय स्थलको अवलोकन भ्रमण (सिटी टुर) र वानखेडे स्टेडियम मा हुने नेपाल–वेस्ट इन्डिज खेलको विशिष्ट टिकट पनि प्रदान गरिएको छ।

कम्पनीले आफ्ना ग्राहकप्रति गरेको प्रतिबद्धता पूरा गर्न पाएकोमा खुसी व्यक्त गरेको छ। वानखेडे स्टेडियममा पुगेर नेपाली टोलीलाई प्रत्यक्ष समर्थन गर्न पाउँदा विजेताहरू उत्साहित देखिएका थिए। विमानस्थलमा प्रतिक्रिया दिँदै विजेताहरूले यो अवसर जीवनकै अविस्मरणीय क्षण बन्ने बताएका छन्।

४० वर्षभन्दा बढी समयदेखि नेपाली बजारमा सेवा दिँदै आएको सिजी इलेक्ट्रोनिक्सले आगामी दिनमा पनि यस्तै आकर्षक र रोमाञ्चक योजनाहरू ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ।