

कम्पनीका अनुसार सञ्चालन सुरु भएयता हालसम्म २ करोड १२ लाखभन्दा बढी यात्रुले केबलकार सेवा लिइसकेका छन्। समूहका स्वर्गीय संस्थापक लक्ष्मणबाबु श्रेष्ठको परिकल्पना तथा स्थापनामा सुरु भएको मनकामना केबलकारले नेपालको पर्यटन तथा पूर्वाधार विकासमा अग्रणी भूमिका खेल्दै आएको कम्पनीले जनाएको छ।
२९औँ वर्ष प्रवेशका अवसरमा कम्पनीले संस्थापक श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको दूरदृष्टि र मार्गनिर्देशनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। केबलकारलाई यहाँसम्म पुर्याउन सहयोग गर्ने ग्राहक, कर्मचारी, पर्यटन तथा आतिथ्य क्षेत्रका साझेदार, स्थानीय समुदाय र विभिन्न सरकारी निकायप्रति कम्पनीले आभार व्यक्त गरेको छ।
विशेषगरी सहिद लखन गाउँपालिका, इच्छाकामना गाउँपालिका, चितवन र गोरखा जिल्ला प्रशासन कार्यालय तथा स्थानीय समुदायको निरन्तर सहयोगप्रति कम्पनीले धन्यवाद दिएको छ। आगामी दिनमा यात्रुलाई अझ उत्कृष्ट सेवा र स्तरीय अनुभव प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ।