सिटिजन्स बैंक ‘बैंक अफ द इयर २०२५’ बाट सम्मानित

सिटिजन्स बैंक ‘बैंक अफ द इयर २०२५’ बाट सम्मानित

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड विश्वकै प्रतिष्ठित बैंक अफ द इयर २०२५ को अवार्डबाट सम्मानित भएको छ । संयुक्त अधिराज्य (यूके)मा अवस्थित द फाइनान्सियल टाइम्सले डिसेम्बर ३, मा आयोजना गरेको एक कार्यक्रमबीच सिटिजन्स बैंकलाई बैंक अफ द इयर २०२५ को अवार्ड प्रदान गरेको हो ।

बैंक सञ्चालक समितिका अध्यक्ष प्रवलजंग पाण्डे र बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले संयुक्त रूपमा बैंक अफ द इयर २०२५ को सम्मान थापेका थिए ।

यसअघि बैंक अफ द इयर २०२४ को अवार्ड समेत प्राप्त गरिसकेर लगातार दुईपटक विश्वकै प्रतिष्ठित अवार्ड प्राप्त गर्न सफल भएको छ ।

समारोहमा करिब १२५ भन्दा बढी देशका बैंकका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत लगायतका अधिकारीहरू गरी करिब ४०० जना भन्दा बढीको उपस्थिति रहेको थियो ।

बैंक सञ्चालक समितिका अध्यक्ष पाण्डेले बैकिङ क्षेत्रको ओस्कार पुरस्कार मानिने विश्वकै प्रतिष्ठित बैंक अफ द इयर २०२५ को अर्वाड प्राप्त गरी लगातार दुई वर्ष विश्वकै प्रतिष्ठित अवार्डबाट सम्मानित हुन पाउँदा अत्यन्त गौरवान्वित महसुस गरेको बताए । यसबाट आगामी दिनमा अझ जिम्मेवार बनेर उत्कृष्ट ग्राहकमैत्री आधुनिक बैंकिङ सेवा सुविधा ग्राहकहरूमाझ ल्याउनको लागि हौसला मिलेको बताए ।

द फाइनान्सियल टाइम्सले वार्षिक रूपमा विभिन्न देशका बैंकहरूले गर्ने कार्यसम्पादन एवं गतिविधिहरूलाई मध्यनजर गर्दै बैंक अफ द इयरबाट सम्मानित गर्ने गरेको छ  ।