

काठमाडौँ । भारतीय विदेशसचिव विक्रम मिश्रीले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
आज बिहान काठमाडौँ आइपुगेका मिश्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन्।
सचिव मिश्री परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुईदिने नेपाल भ्रमणमा आएका हुन्। उनी भ्रमणको अन्त्यमा सोमबार पशुपतिनाथको दर्शन गरेर भारत फर्किने कार्यक्रम तय छ।
मिश्रीको भ्रमण प्रधानमन्त्री ओलीको भदौ ३१ गतेको भारत भ्रमण तयारीसँग सम्बन्धित रहेको छ। आज हुने भेटवार्तामा भ्रमण एजेन्डासहित विभिन्न महत्वपूर्ण विषयमा छलफल हुने जनाइएको छ।