बीपी राजमार्गमा १५ भदौसम्म रातिको सवारी सञ्चालनमा रोक

बीपी राजमार्गमा १५ भदौसम्म रातिको सवारी सञ्चालनमा रोक

काठमाडौं । काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बाढीपहिरोको उच्च जोखिमका कारण बीपी राजमार्गमा १५ भदौसम्म रातिको समयमा सवारीसाधन चलाउन रोक लगाउने निर्णय गरेका छन्।

काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार, निर्णय अनुसार साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक हुनेछ। प्रशासनका अनुसार हालको मौसमी परिस्थितिमा राति यात्रा गर्नु यात्रु र चालक दुवैका लागि जोखिमपूर्ण हुने भएकाले रोक लगाइएको हो।

यो अवधि सम्म बीपी राजमार्गमा यात्राको योजना बनाउँदा यात्रुहरूलाई आवश्यक पूर्वतयारी गर्न तथा वैकल्पिक समय छनोट गर्न सुझाव दिइएको छ।