

-एम. अर्याल-
काठमाडौं । श्री राधा माधव समिति नेपालद्धारा जेहेन्दार तथा आर्थिक स्थिति कमजोर रहेका ३० जना विद्यार्थीलाई कृपालु छात्रवृत्ति प्रदान गरिएको छ । सामाजिक सेवा र भक्ति साधना एकसाथ अघि बढाउने तथा विद्यार्थी वर्गलाई उनीहरुको अध्ययनमा सहजिकरण गर्दै सामाजिक सेवा र आध्यात्मिकतातर्फ उत्प्रेरित गर्ने उद्देश्यले श्री रामास नेपालदारा यसै वर्षबाट आरम्भ गरिएको छात्रवृत्ति रु १५ हजार राशीको छ ।
प्रथम चरणमा जाजरकोटबाट २० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरी आरम्भ गरिएको उक्त छात्रवृत्ति कार्यक्रममा हाल काठमाडौं र मकवानपुरका १० विद्यार्थीलाई उक्त छात्रवृत्ति घोषणा गरिएको छ । हालै घोषित छात्रवृत्ति प्रापकमा कोटेश्वर सरस्वती मा.वि.का कक्षा ११ का लोकेश वहादुर खडादुर खड्का, आदर्श मा.वि. लयाकुका कक्षा ११ का संचिता नेपाली , आदर्श मा.वि.लयाकुका कक्षा ९ का सनिम कायस्थ ,समता स्कुल कक्षा १० का शितल राई ,आदर्श मा.वि. सानोठिमीका कक्षा १० का प्रनिशा सिग्देल, बोडे मा.वि.का कक्षा १० का नीरा राजवाहक ,समता स्कुल कक्षा १० का रोशनी खड्का ,गाईघाटका नवराज घिमिरे, कोटेश्वर सरस्वती मा.वि.का कक्षा ९ का दीपक कुमार सिंह रहेका छन् । हालसम्म घोषित ३० जना विद्यार्थीमध्ये २८ जना विद्यार्थीले उक्त छात्रवृत्ति ग्रहण गरिसकेका छन् ।
