मंसिरमा वाणिज्य बैंकको ब्याजदर घट्यो, व्यक्तिगत मुद्दतीको औसत ३.९० प्रतिशतमा

मंसिरमा वाणिज्य बैंकको ब्याजदर घट्यो, व्यक्तिगत मुद्दतीको औसत ३.९० प्रतिशतमा

काठमाडौं । वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । कात्तिकको तुलनामा मंसिरमा वाणिज्य बैंकहरूको औसत ब्याजदर घटेको छ ।

बैंकहरूले सार्वजनिक गरेको नयाँ दरअनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औसतमा ३.९० प्रतिशतमा झरेको छ । कात्तिकमा यस्तो ब्याजदर औसत ४.०१ प्रतिशत थियो ।

त्यस्तै, संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटेको छ । कात्तिकमा औसत ३.०३ प्रतिशत रहेको यस्तो ब्याजदर मंसिरमा घटेर २.९९ प्रतिशत कायम भएको छ ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ वटाले ब्याजदर घटाएका छन् भने बाँकी १४ बैंकले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।