

काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र भारतबीचको खेल ओमानको अल अमेरातमा बिहान पौने ११ बजे सुरु हुनेछ।
प्रतियोगितामा नेपाल समूह ‘ए’मा रहेको छ। समूह चरणको पहिलो खेलमा भारतसँग भिड्न लागेको नेपालले आगामी २२ गते यूएई र २४ गते पाकिस्तानसँग खेल्ने तालिका छ। प्रतियोगिता यही मंसिर २८ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगिताका लागि नेपालले विपिनप्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ। टोलीमा निरजकुमार यादव, प्रसिद्ध जैशी, सोहेल कुँवर, दर्श सुनार, रोहित चन्द, निश्चल क्षेत्री, आशिष लुहार, रोशन शाही, सूर्यान्शु कोइराला, अभय यादव, सुशील रावल, नितेशकुमार पटेल, शुभम खनाल र सचिन भट्ट रहेका छन्।