यू-१९ एसिया कप : भारतविरुद्ध नेपालको खराब सुरुवात

यू-१९ एसिया कप : भारतविरुद्ध नेपालको खराब सुरुवात
काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल शक्तिशाली भारतविरुद्ध खेलिरहेको छ। टस जितेको भारतले नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको छ। ओमानमा जारी प्रतियोगितामा नेपालको कप्तानी विपिन शर्माले गरिरहेका छन्। उनी नेपाल प्रिमियर लिग (एनपीएल) छाडेर यू–१९ एसिया कप खेल्न ओमान पुगेका हुन्।

दुई समूहमा विभाजन गरिएको प्रतियोगिताको समूह ‘ए’मा नेपाल, भारत, पाकिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई) छन्। त्यस्तै, समूह ‘बी’मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र मलेसिया रहेका छन्। यो समाचार तयार पार्दासम्म नेपालले एक विकेट गुमाएर तीन रन बनाएको छ। नेपालका ओपनर प्रसिद्ध जैशी सात बलमा एक रन बनाएर आउट भएका छन्।

हाल क्रिजमा निरजकुमार यादव र सूर्यान्शु कोइराला छन्।