

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई हटाउने चर्चाबीच सरकारलाई तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन्। बालेन्द्र शाह नेतृत्वको सरकारले आईजीपी कार्कीलाई हटाउन खोजेको चर्चा भइरहेका बेला बाँस्कोटाले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन्।
सरकारको आलोचना गर्दा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्ता आफूमाथि खनिएको गुनासोसमेत उनले गरेका छन्। यसअघि बाँस्कोटाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतमा दिएको अभिव्यक्तिको विरोध गर्दै उनलाई ‘नव लेन्डुप’ को संज्ञा दिएका थिए। उनले प्रधानमन्त्रीसँग वाग्लेलाई पदबाट बर्खास्त गर्नसमेत माग गरेका थिए।
बाँस्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रभाव र दासत्व फरक हो। आईजीपी होइन, तातोपानी नाका चलाऊ!’