स्पेनमा दुई उच्च गतिको रेल ठोक्किँदा ६४ जनाको मृत्यु, १७९ घाइते

स्पेनमा दुई उच्च गतिको रेल ठोक्किँदा ६४ जनाको मृत्यु, १७९ घाइते

म्याड्रिड । स्पेनको टोलेडो प्रान्तमा दुई उच्च गतिको रेल आपसमा ठोक्किँदा ६४ जनाको मृत्यु भएको छ भने १७९ जना घाइते भएका छन्। स्पेनी सञ्चारमाध्यमका अनुसार दुर्घटना बुधबार स्थानीय समयअनुसार बिहान ९ बजे मोरा र ओर्गाज सहरबीच भएको हो। प्रारम्भिक विवरणअनुसार एउटा रेलले अर्को रेललाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको बताइएको छ।

दुर्घटनापछि स्पेनको राजधानी म्याड्रिडलाई दक्षिणी अन्डालुसिया क्षेत्रसँग जोड्ने रेलमार्ग बन्द गरिएको छ। यसबाट उक्त मार्गमा रेल सेवा प्रभावित भएको छ। दुर्घटनामा परेका रेलमध्ये एउटा सरकारी रेल कम्पनी रेन्फे र अर्को निजी कम्पनी इरियोको रहेको विवरणमा उल्लेख छ। यी रेल सामान्यतया प्रतिघण्टा २०० किलोमिटरभन्दा बढी गतिमा सञ्चालन हुने गर्छन्।