

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाज तथा दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुनेछ।नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेल मध्याह्न १२ः३० बजे सुरु हुनेछ। उक्त खेलमा जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाज आमनेसामने हुनेछन्।
त्यस्तै, आजै हुने दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्स भिड्नेछन्। यो खेल अपराह्न ५ बजे सुरु हुने तालिका छ। दुवै खेलले प्रतियोगिताको अङ्कतालिका र टोलीहरूको आगामी यात्रामा प्रभाव पार्ने भएकाले समर्थकको ध्यान आजका प्रतिस्पर्धातर्फ केन्द्रित रहनेछ।