

काठमाडौं । नेपालको प्रतिष्ठित व्यावसायिक घराना कयाल ग्रुपले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि २५ लाख रुपैयाँ नगद सहयोग गरेको छ। ग्रुपका निर्देशक कुनाल कयालले आइतबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम हस्तान्तरण गरेका हुन्।
भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको कयाल ग्रुपले जनाएको छ। केयाल ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि पनि विभिन्न समयमा प्राकृतिक विपद्, महामारी तथा सामाजिक कार्यमा राहत र सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ।