

काठमाडौं, ११ कार्तिक । गरिब परिचयपत्र पाउन छुटेकाहरुले अर्को वर्ष पाउने भएका छन् । सरकारले २६ जिल्लामा गरिब परिचयपत्र वितरणका क्रममा परिचयपत्र पाउन छुट भएकाहरुले अर्को वर्ष परिचयपत्र पाउने तत्कालिन गरिब घरपरिवार सहयोग समन्वय बोर्डका निर्देशक रामहरी गैरेले जानकारी दिनुभयो ।
परिचयपत्रका लागि सरकारले तोकेका आधारहरु पूरा गर्नेले अर्को वर्ष परिचयपत्र पाउने उहाँले सीआईएनसँग बताउनुभयो । उहाँका अनुसार परिचयपत्र वितरण भएका २६ जिल्लामा अर्कोवर्ष पुनःसर्वेक्षण हुनेछ । त्यसक्रममा छुटेकाहरुले आफू गरिब भएको आधारहरु पेश गर्नुपर्नेछ । आफू गरिब भएर पनि परिचयपत्र नपाएको भन्दै झन्डै ६५ हजारले उजुरी समेत दिएका छन् । २६ जिल्लामा परिचयपत्र वितरणको काम सकिएपछि सरकारले गरिब घरपरिवार पहिचानका लागि गठन गरेको बोर्ड खारेज गरेको छ । अब भने परिचयपत्र वितरणको काम स्थानीय तहहरुले नै गर्नेछन् ।