बञ्चरेडाँडा बासीको अवरोध हट्ने, मन्त्री घिसिङले १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता
काठमाडौं । सहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडा ल्याण्डफिल साइटका स्थानीयबासीसँग १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन्। मन्त्री घिसिङ आइतबार बिहान प्रत्यक्ष रूपमा बञ्चरेडाँडा पुगेका थिए। उनले स्थानीय बासी र जनप्रतिनिधिसँगको छलफलपछि पहिले भएका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका हुन्। उनको आश्वासनपछि...
