आफ्नै मेयरविरुद्ध आमरण अनशनमा बसेकी उपमेयरले तोडिन् अनशन
आफ्नै मेयरविरुद्ध आमरण अनशनमा बसेकी हंसपुर नगरपालिकाकी उपमेयर रेणु झाले अनशन तोडेकी छन् । उनले आइतबार राति करिब ९ बजे अनशन तोडेको मेयर रामज्ञान मण्डलले बताए । हंसपुर नगरपालिकाको केन्द्र सार्ने विषयमा मेयर रामज्ञान मण्डल र उपमेयर झाबीच विवाद भएपछि कार्यालयमा तालाबन्दी भएको थियो ।...
