प्रदेश ५ मा मन्त्रिमण्डल बिस्तार

प्रदेश ५ मा मन्त्रिमण्डल बिस्तार

बुटवल । प्रदेश नम्बर ५ मुख्यमन्त्री शंंकर पोखरेलले मन्त्रिमण्डल बिस्तार गरेका छन् । तीन सदस्यीय मन्त्रिमण्डलको बिस्तार गरी उनले ६ सदस्यीय टिम बनाएका हुन् ।

बिस्तारित मन्त्रिपरिषदमा एमालेका लिला गिरीलाई उद्योग, पर्यटन र बन तथा बाताबरण मन्त्रालय, माओवादी केन्द्रका सुर्दशन बराललाई सामाजीक विकास र एमालेकी आरती पौडेललाई कृषि तथा सहकारी एबं भूमि व्यवस्थापन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

नव नियुक्त मन्त्रीपरिषदका सदस्यहरुलाई प्रदेश प्रमुख उमाकान्त झाले आज पद तथा गोपनियताको शपथ ग्रहण गराए।