शिक्षक संघको आठौं महाधिवेशन राजधानीमा सुरु हुँदै

शिक्षक संघको आठौं महाधिवेशन राजधानीमा सुरु हुँदै

नेपाली कांग्रेस निकट लोकतान्त्रिक शिक्षकहरुको छाता संस्था नेपाल शिक्षक संघको आठौं महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको पूर्वप्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम तय भएको संघका महासचिव राजेन्द्र पौडेलले जानकारी दिनुभयो ।

महासचिव पौडेलका अनुसार महाधिवेशनको आज राष्ट्रियसभा गृहमा उदघाटन हुनेछ । महाविधेशनको सम्पुर्ण तयारी सम्पन्न भएको भएको महासचिव पौडेलले जानकारी दिनुभयो । तीन दिन चल्ने महाधिवेशनले नयाँ नेतृत्वको चयन गर्नेछ ।

संघको महाधिवेशनको उदघाटनसत्र सभागृहमा भएपछि बन्दसत्र भने चावहिलको नवदुर्गा पार्टी प्यालेसमा हुने बताइएको छ । देशभरबाट ६ सय ५० महाधिवेशन प्रतिनीधिको सहभागिता रहने बताइएको छ ।

नयाँ अध्यक्षका लागि बर्तमान अध्यक्ष केशब निरौला, महासचिव राजेन्द्र पौडेल महिला उपाध्यक्ष विष्णु पाण्डे, उपाध्यक्ष गोकर्ण बाँनियाले दाबि गरेको बताइएको छ ।