रेसुङ्गा विमानस्थलबाट अब सातामा चार दिन उडान, भाडा पनि वृद्धि
गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा चार पटक हवाई उडान सञ्चालन हुने भएको छ। नेपाल वायुसेवा निगमले काठमाडौँ–गुल्मी उडानका लागि आइतबार, मङ्गलबार, बिहीबार र शनिबारको नयाँ तालिका सार्वजनिक गरेको हो। यसअघि सातामा तीन दिन मात्र उडान हुँदै आएकोमा ट्विनअटर जहाजको मर्मतसम्भारपछि उडान...
