तिनाउ नदीमा आएको बाढीले दुई घर बगायो, तीनमा क्षति

तिनाउ नदीमा आएको बाढीले दुई घर बगायो, तीनमा क्षति

बुटवल । भारी वर्षापछि तिनाउ नदीमा आएको बाढीले बुटवलमा दुई वटा घर बगाएको छ भने थप तीन वटा घरमा क्षति पुर्‍याएको छ।

गएराति आएको बाढीले बुटवल उपमहानगरपालिका–११, टप मजुवाका दुर्गा बानियाँ र उनका छिमेकीको घर बगाएको हो।

त्यस्तै, बाढीले नरेन्द्र दर्जी, सकिल मियाँ र अब्दुल अलीको घरमा आंशिक क्षति पुर्‍याएको छ।

लगातारको वर्षाका कारण तिनाउ नदीमा पानीको बहाव बढेपछि बाढी आएको हो। घटना भएको क्षेत्रमा क्षतिको थप विवरण संकलन भइरहेको छ।