आउँदो दशक समृद्धिको दशकका रुपमा नेपाललाई चिनाउनु पर्ने : अध्यक्ष दाहाल
चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपाललाई आर्थिक क्रान्तिद्वारा संसारको सबैभन्दा विकसित र सभ्य देशका रुपमा चिनाउनुपर्ने बताउनुभएको छ । चितवन उद्योग संघको १८औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले नेपाललाई संसारले हेर्नै पर्ने देश बनाउनुपर्नेमा जोड दिनुभयो...
