राष्ट्रियसभाको निर्वाचन माघ २४ गतेका लागि तय

राष्ट्रियसभाको निर्वाचन माघ २४ गतेका लागि तय

काठमाडौं । सरकारले राष्ट्रियसभा निर्वाचनको मिति आगामी माघ २४ गतेका लागि तोकेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको परामर्श अनुसार राष्ट्रियसभा निर्वाचनको मिति माघ २४ गते तोकेको बैठकपछि अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

केही समयअघि निर्वाचन आयोगका प्रमुख आयुक्त डा.आयोधिप्रसाद यादवसहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटि आगामी माघ २४ गते गर्ने गरी राष्ट्रियसभा निर्वाचनको मिति घोषणा गर्न उपयुक्त हुने सुझाब दिएको थियो ।