एससीओ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली चीन जाने

एससीओ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली चीन जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भदौ १४ गते चीन जाने भएका छन्। उनी शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन बेइजिङ जाने भएका हुन्। सम्मेलन भदौ १५ र १६ गते (अगष्ट ३१ र सेप्टेम्बर १) मा आयोजना हुदैछ।

सम्मेलनको उद्घाटन चिनियाँ राष्ट्रपति सी जिनपिङले गर्ने कार्यक्रम रहेकाे छ। उक्त सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विश्वका अन्य सरकार र राष्ट्र प्रमुखहरू पनि सहभागी हुनेछन्। प्रधानमन्त्री ओलीले सम्मेलनको अवसरमा चिनियाँ राष्ट्रपति र भारतीय समकक्षीसँग दुईपक्षीय भेटवार्ता गर्ने छन्।

एससीओ सन् २००१ मा क्षेत्रीय स्थीरता प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको संगठन हो। यसमा चीन, काजकस्तान, किर्गिस्तान, ताजकिस्तान, उज्बेकिस्तान, रुस, भारत, पाकिस्तान, इरान र बेलारुस सदस्य रहेका छन्। नेपाल सन् २०१६ देखि एससीओको सम्वाद साझेदार बनेको हाे। यो सम्मेलनमा नेपालबाट उच्चस्तरीय सहभागिता हुन लागेको पहिलोपटक हो।