

काठमाडौं : आजको व्यस्त जीवनशैली, असन्तुलित खानपान र बढ्दो मानसिक तनावका कारण धेरैलाई पाचनसम्बन्धी समस्या देखिन थालेको छ। विशेषगरी पेट सफा नहुनु, कब्जियत, पेट भारी हुनु वा दुख्ने समस्या सामान्यजस्तै बनिरहेका छन्। यस्ता समस्या दीर्घकालीन हुन थालेमा मानसिक र शारीरिक दुबै स्वास्थ्यमा असर पार्न सक्छ।
तर, आयुर्वेदिक उपायहरू यस्ता समस्याबाट छुटकारा पाउन सस्तो, सरल र प्राकृतिक समाधान दिन सक्छन्। आयुर्वेदिक पोषण विशेषज्ञहरूका अनुसार हरेक रात सुत्नुअघि नाइटोमा (नाभिमा) २–३ थोपा क्यास्टर तेल (अरण्डीको तेल) लगाउनाले पेट सफा हुनुका साथै पाचन प्रणाली बलियो बन्छ।
नाइटो शरीरको केन्द्रीय भाग हो जहाँबाट सयौं स्नायुहरू शरीरभरि फैलिएका हुन्छन्। त्यहाँ तेल लगाउँदा ती स्नायुमार्फत सम्पूर्ण शरीरमा असर पुग्छ। यो विधि आयुर्वेदमा शताब्दीयौं अघिदेखि प्रयोग हुँदै आएको हो।
क्यास्टर तेल लगाउँदा कब्जियत, पेट फुल्ने, अपचजस्ता समस्याबाट राहत मिल्ने पोषणविद्हरू बताउँछन्। साथै बिहान पिसाब र दिसा गर्न सहज बनाउँछ। पेट सफा भएपछि मानसिक हलुका महसुस हुने र शरीरभित्रको विषाक्त पदार्थ बाहिर निस्कने पनि उनीहरूको भनाइ छ।
-छालालाई हाइड्रेट राखेर सफा र चम्किलो बनाउँछ।
-महिनावारीका समयमा हुने पेट दुखाइ र क्र्याम्प कम गर्छ।
-लिम्फेटिक प्रणालीलाई सहयोग पुर्याउँछ, जसले शरीरलाई डिटक्स गर्छ।
-शरीरको गहिरो दुखाइ कम गर्न पनि सहायक हुन्छ।
विशेषज्ञहरू भन्छन्— नाइटो शरीरको यस्तो संवेदनशील बिन्दु हो, जहाँबाट सम्पूर्ण अंगहरूमा प्रभाव पुग्छ। त्यसैले यो सानो र सरल उपायले शारीरिक सन्तुलन कायम राख्न ठूलो भूमिका खेल्न सक्छ।
यदि तपाईं पनि कब्ज, अपच, महिनावारीको दुखाइ वा छालासम्बन्धी समस्याबाट हैरान हुनुहुन्छ भने, यो आयुर्वेदिक विधि एकपटक प्रयास गर्न सक्नुहुन्छ। कुनै औषधि प्रयोग नगरी नाइटोमा थोरै तेल लगाएर स्वास्थ्यमा ठूलो सुधार अनुभव गर्न सकिन्छ।