

काठमाडौं : धेरैजसो मानिसहरू बिना सोच कान सफा गर्न कपासको बड वा धारिला वस्तु प्रयोग गर्छन्, जसले कानलाई क्षति पुर्याउन सक्छ। तर, घरमै अपनाउन सकिने केही सुरक्षित र प्रभावकारी उपायले कान सफा गर्न सकिन्छ।
यहाँ प्रस्तुत छन् कान सफा गर्न मिल्ने पाँच प्रभावकारी घरेलु विधिहरूः
१. मनतातो नरिवलको तेल प्रयोग गर्नुहोस्
नरिवलको तेल अलिकति तताएर ड्रपरमार्फत २–३ थोपा कानमा हाल्नुहोस्। टाउकोलाई केही समय एकतर्फ झुकाएर राखेपछि कपासले सफा गर्नुहोस्। यो विधिले कानको फोहोर नरम बनाइ सजिलै बाहिर निकाल्न सहयोग गर्छ।
२. जैतुनको तेल लगाउनुहोस्
सुत्ने बेलामा कानमा २ थोपा जैतुनको तेल हालेर कपासले छोप्नुहोस्। यसले कानलाई सफा मात्र होइन, छालालाई नमी दिने र संक्रमणबाट जोगाउने काम पनि गर्छ।
३. हाइड्रोजन पेरोक्साइड र पानीको मिश्रण
बराबर मात्रामा हाइड्रोजन पेरोक्साइड र पानी मिसाएर कानमा हाल्नुहोस्। २–३ मिनेटपछि टाउको झुकाएर सफा गर्नुहोस्। यो विधि हप्तामा एक पटक मात्र प्रयोग गर्न सिफारिस गरिन्छ।
४. नुन र मनतातो पानीको घोल
एक चम्चा नुन तातो पानीमा घोलेर कपासको सहयोगमा कानमा हाल्नुहोस्। केहीबेर पछि सफा गर्दा कानको सफा सफा कोमलरूपमा गर्न सकिन्छ।
५. बाफ लिने उपाय
तातो पानीको बाफ लिँदा कानभित्रको फोहोर खुकुलो भई आफै बाहिर निस्कन्छ। यो विधि प्राकृतिक मात्र होइन, कानलाई आराम दिने उपाय पनि हो।
यी उपायहरू नियमित रूपमा अपनाउँदा कान सफा, स्वस्थ र सुरक्षित रहन्छ। तथापि, कुनै असहजता भएमा डाक्टरको सल्लाह लिनु उपयुक्त हुन्छ।