टाउको दुखाईका कारण र समाधान: सामान्यदेखि गम्भीर लक्षणसम्म

टाउको दुखाईका कारण र समाधान: सामान्यदेखि गम्भीर लक्षणसम्म

काठमाडौं । टाउको दुखाई धेरै व्यक्तिले समय-समयमा अनुभव गर्ने समस्या हो। कहिलेकाहीँ हल्का पीडादायी हुने टाउको दुखाई कहिलेकाहीँ अत्यन्त असह्य हुन सक्छ। टाउकोको एकापट्टि, दुवैपट्टि, अगाडि वा पछाडि विभिन्न कारणले दुख्ने गर्दछ।

टाउको दुखाइ कुनै रोग नभई अन्य रोगहरूको लक्षण हो। माइग्रेन, तनाव, पानीको कमी, ज्वरो, ग्यास्ट्रिक, उच्च रक्तचाप, आँखाको समस्या, डिप्रेशन, निन्द्रा अभाव, पिनास, वा औषधिको असर जस्ता कारणले टाउको दुख्न सक्छ।

मुख्य कारणहरू

माइग्रेन – नियमित रूपमा टाउकोको आधा भाग दुख्ने, टाउको दुख्नु अघिदेखि लक्षणहरू देखिनु।
तनाव (टेन्सन हेडयाक) – दिनभरि हल्का दुख्ने, साँझतिर झन् बढ्ने।
ग्यास्ट्रिक – खाना अनियमित हुँदा टाउको दुख्ने।
उच्च रक्तचाप – टाउकोको पछाडिको भाग दुख्नु, अत्यधिक तनाव महसुस हुनु।
आँखाको समस्या – आँखा थकाइ लाग्नु, टाढा वा नजिक राम्रो नदेखिनु।
निन्द्रा अभाव – राति राम्रो ननिदाउँदा बिहान टाउको भारी हुनु।
पिनास वा ज्वरो – टाउको अगाडि भाग टन्किनु, नाक बन्द हुनु।

कहिले चिकित्सकको सल्लाह लिने?

-टाउको दुख्ने समय र ढाँचा परिवर्तन भएमा।

-महिनामा ४ पटकभन्दा बढी नियमित दुखेमा।

-अत्यधिक दुखाइ महसुस भएमा।

-अन्य लक्षणहरू (चक्कर, दृष्टि धमिलो, बान्ता) देखिएमा।

समाधानका उपाय

✔️ प्रशस्त पानी पिउने।
✔️ नियमित आराम र पर्याप्त निन्द्रा लिने।
✔️ तनाव व्यवस्थापन गर्ने (मेडिटेसन, योग, हल्का व्यायाम)।
✔️ टाउको दुखाइको प्रकार अनुसार उचित औषधि वा चिकित्सकीय सल्लाह लिने।

यदि टाउको दुखाई बारम्बार दोहोरिएर दैनन्दिन जीवनमै असर पार्न थालेमा तुरुन्त चिकित्सकको परामर्श लिनु आवश्यक छ। सही कारण पत्ता लगाएर उपचार गर्दा टाउको दुखाईलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिन्छ।