टोखावासीलाई चाकु बनाउन चटारो (फोटो)

टोखावासीलाई चाकु बनाउन चटारो (फोटो)

काठमाडौं । चाकुका लागि काठमाडौंको टोखा प्रख्यात छ। काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखा नेवारी भाषामा ‘टु’ र ‘ख्य’ शब्दबाट बनेको हो। ‘टु’ को अर्थ उखु र ‘ख्य’ को अर्थ खेती भन्ने गरिन्छ।

उखुखेती हुने टोखामा लिच्छविकालको ५१९ देखि चाकु बनाउन थालिएको किंवदन्ती छ। टोखाका चाकु उद्योगमा सादा चाकु, मसला राखेको चाकु, सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुष्टकारी, भुजा लड्डु, बदाम बनाउने गरिन्छ।