

रसुवा, ११ कार्तिक । पहिलो चरणमा मंसिर १० गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा आफ्नो पक्षमा मत तान्न राजनीतिक दलहरु गम्भिर गृहकार्यमा लागेकाछन् ।
दलहरुले आफ्नो प्रभाव क्षेत्रलाई कायम राख्न र नयाँ प्रभाव क्षेत्र बनाउन लागिपरेको उनीहरुको गतिविधिले देखाउँछ । आफ्नो परम्परागत ठाउँहरु गुम्न नदिन पनि उनीहरुको त्यत्तिकै जोड देखिन्छ ।
यसअघी आफूले पाएको मत गुम्न नदिने जनता माझ आफ्ना चुनावी एजेण्डा र कार्यक्रम लिएर पनि दलका नेताहरु गइरहेका छन् ।

रसुवामा पनि काँग्रेस र नयाँ शक्तिको उमेद्वारहरु पनि चुनावी जीतका लागि दिन रात एक भएर लागिपरेका छन् ।
रसुवाको इतिहासमै चुनावी मैदानमा सबैभन्दा वढी अध्ययन गरेको इन्जिनियर चुनावी मैदानमा आएपछि उहिले जिल्लामा काँग्रेसको पक्षमा चुनावी लहर आएको छ । साथमा जातीय समिकरण मिलेका कारण पनि यो जीतलाई सहज बनाउने आँकलन छ ।
प्रतिनिधि सभामा नेपाली काँग्रेसबाट इन्जिनियर मोहन आचार्य प्रतिष्पर्धामा छन्। प्रतिष्पर्धामा प्रदेश नम्वर १ बाट प्रभात तामाङ काँग्रेसबाट छन् भने नयाँ शक्तिबाट प्रेम तामाङ छन् ।
काँग्रेस र नयाँ शक्तिको यो गठवन्धनको पक्षमा अंकगणितिय माहौल मात्र नभइ जीतको चर्चा जनताको घरघरमा माहौल आएको स्थानिय वुद्धिजिवीहरु बताउँछन् ।
नयाँ शक्ति रसुवाको पाँच वटा गाउँपालिका मध्ये गत स्थानिय निर्वाचनको प्रमुखको पदमा नयाँशक्ती पार्टीले ४०८५ मत ल्याएको थियो । नेपाली काँग्रेसले ७१३० मत ल्याएको थियो। एमाओबादीले २५१२ मत ल्याएर चौथो बनेको थियो भने एमाले ले ६९३१ मत ल्याएको थियो ।
स्थानिय चुनावमा अलग अलग लडेपनि अहिलेको गठवन्धनपछि लोकतान्त्रिक गठबन्धनको ११२१५ र बाम गठबन्धनको ९४४३ मत भएको छ । स्थानिय चुनावमा आएको मत सबै त्यसरी नै नझरेपनि यहाँ काँग्रेस नेतृत्वको गठवन्धन एमाले नेतृत्वको गठवन्धन भन्दा निकै अघी रहेको देखाएको छ ।
अहिले पनि स्थानिय मतदाताको बीचमा आचार्य सहित प्रदेश सभाका तामाङद्धय नै चुनाव जित्ने आंकलन शुरु भएको छ ।