विकासका लागी सत्तापक्ष र प्रतिपक्षी एकसाथ अघि बढ्नुपर्छः कार्यवहाक प्रधानमन्त्री (भिडियो)

विकासका लागी सत्तापक्ष र प्रतिपक्षी एकसाथ अघि बढ्नुपर्छः कार्यवहाक प्रधानमन्त्री (भिडियो)

काठमाडौं, ७ भदौ । कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेलले मुलुकको विकासका लागी सत्तापक्ष र प्रतिपक्षी एकसाथ अघि बढ्नुपर्ने बताउनुभएको छ ।

काठमाडौंमा तीन नम्बर प्रदेशले निर्माण गरेको टुसाल पार्कको उद्घाटन गर्दै उहाँले अहिले मुलुकको विकासको यात्रामा अघि बढिरहेको भन्दै यसमा सबै एक भएर अघि बढनुपर्ने बताउनुभएको हो ।

पोखरेलले लामो समयपछि मुलुकमा स्थायी सरकार रहेको र अव बिकासका लागी कुनै अवरोध नहुने तर्क गर्नुभयो । पोखरेलले सार्वजनिक सम्पत्ति सुरक्षाको विषय गम्भीर र चुनौतिपुर्ण बन्दै गएको जिकिर गर्नुभयो । मुलुकभर नै सार्वजनिक सम्पत्ति हडप्‍ने प्रवृत्ति देखिएको र त्यो प्रवृत्ति पार्टी भित्रै पनि देखिएको उहाको भनाई छ ।

कार्यक्रममा काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भुकम्पले क्षतिग्रस्त बनेका सम्पदाहरुको पुननिर्माणको कामले गति लिएको भन्दै सहयोग र सहकार्यमा सहभागी हुन आग्रह गर्नुभयो ।

भिडियो हेर्नुहोस्