

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा शिक्षाविद् उमेश श्रेष्ठले जननेता मदन भण्डारीको नाममा विश्वविद्यालय स्थापनागर्नु सकारात्मक भएपनि गठन प्रकृया गलत भएको वताउनुभएको छ । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयकबारे संसदमा आफ्नो धारण राख्ने क्रममा श्रेष्ठले नेपाललाई शिक्षाको हव बनाउनसकिने सम्भावनालाइ ख्यालै नगरि सरकार टालटुले नीतिमै अल्झेको आरोप लगाउनुभयो ।
उच्च शिक्षा नीति खोई ? विश्वविद्यालय छाता ऐन जारी गर्न किन ढिलाइ भइरहेको छ ? भन्नेप्रश्न गर्दै सांसद श्रेष्ठले यसतर्फ ध्यानै नदिई मदन भण्डारी विश्वविद्यालय स्थापनाकालागि मात्रै छुट्टै ऐन ल्याउन लागिएकामा आपत्ति जनाउनुभयो । भएका विश्वविद्यालयहरु राम्रोसँग संचालन हुन नसकिरहेको विद्यमान अवश्थामा उच्च शिक्षामा सरकारको स्पष्ट नीति के हो भन्ने अन्यौलले समस्या झनै थपिएको सांसद श्रेष्ठले वताउनुभयो । विश्वविद्यालयहरु अझै खुल्नुपर्छ एघार वाह्वटा मात्र होइन पच्चिस तीसवटा विश्वविद्यालय आबश्यक छ ।
अहिले भएका ११ वटा विश्वविद्यालयहरु मध्धे कुनैले एक हजार भन्दा वढी कुनैले १ सय २५ र ६१ वटासम्मलाई सम्बन्धन दिएर संचालन भइरहेका छन । सम्वन्धन दिएर मात्र भएन केवल नाम मात्रका विश्वविद्यालय भएर हुदैन, संसारलाइ देखाउन लायक नमुना विश्वविद्यालयहरु खोल्नु आबश्यक छ भन्दै श्रेष्ठले राज्यले नसक्ने हो भने सक्षम व्यक्ति र संस्थाहरुलाइ यसका लागि मार्गप्रसस्त गरिदिनुपर्ने बताउनुभयो ।