दानेन तुल्यो निधिरस्ति नाऽन्यो लोभाश्च नाऽन्योऽस्ति रिपु पृथिव्याम् ।
विभूषणं शीलसमं न चान्यत् सन्तोषतुल्यं धनमस्ति नान्यत् ।। –पञ्चतन्त्र
संसारमा दान सबैभन्दा ठूलो सम्पत्ति हो । पृथ्वीमा लोभ जस्तो शत्रु अर्को कुनै छैन । शीलजस्तो कुनै गहना छैन । सन्तोष बराबर अर्को धन हुँदैन ।
संसारमा सबैभन्दा ठुलोे सम्पत्ति भनेको दान हो । दान गरेर भकारी कदापि रित्तिदैन । जसले दान गर्न सक्छ उसका निम्ति सबैभन्दा ठुलो त्यही सम्पत्ति हो भन्ने पञ्चतन्त्रको मत रहेको छ । दान पुण्य कार्यमा अग्रसर हुनु सबैभन्दा ठूलो सम्पत्तिआर्जन गर्नुुहो । यसैगरी लोभ संसारको शत्रु हो । लोभले दान रोक्छ र मान्छेलाई अवनतिको बाटोतर्फ अघि बढाउछ । शील अर्थात स्वभाव मान्छेको गहना हो । त्यसैले शीलवान बन्न सक्नु नै सम्पत्ति आर्जन बराबरहो । यसैगरी सन्तोषी हुनु नै धनी हुनु हो । संतोषभन्दा अर्को ठूलो धन संसारमा छैन । त्यसैले दानको मार्गमा लागेर, लोभ छाडी सन्तोषी बन भन्ने पञ्चतन्त्रको हितोक्ति मननीय छ ।
–नारायणप्रसाद निरौला –