बीपी स्मृति दिवसमा ललितपुरमा महिला दौड

बीपी स्मृति दिवसमा ललितपुरमा महिला दौड

ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ४४औँ बीपी स्मृति दिवसका अवसरमा शनिबार ललितपुरमा ५ किलोमिटर महिला दौड आयोजना गरेको छ।

पाटन दरबार स्क्वायरबाट आयोजना गरिएको दौडको नारा ‘जलवायु जनचेतना जगाउन जुटौँ’ रहेको छ।

महिला सहभागिता बढाउने, स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने तथा वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले दौड आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ।