मोदीको सपथ ग्रहण आज

मोदीको सपथ ग्रहण आज

काठमाडौं, १६ जेठ । भारतका नवनिर्वाचत प्रधानमन्त्री नरेन्द्र मोदीले आज पद तथा गोपनीयताको सपथ ग्रहण गर्दैछन् । उनलाई राष्ट्रपति रामनाथ कोविन्दले साँझ ७ बजे सपथ ग्रहण गराउने कार्यक्रम तय भएको भारतिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

हालै सम्पन्न् लोकसभा निर्वाचनमा स्पष्ट बहुमत हासिल गरेपछि मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीको सपथ लिदै छन् । सपथग्रहण समारोहमा ८ हजार जनालाई निम्तो दिइएको छ । यो सपथ ग्रहण समारोह हालसम्मकै भव्य हुने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।