रवि लामिछानेविरुद्धको संगठित अपराध अभियोग फिर्ता

रवि लामिछानेविरुद्धको संगठित अपराध अभियोग फिर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्लामा दायर गरिएको संगठित अपराधसम्बन्धी अभियोग फिर्ता लिइएको छ।

शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश आत्मदेव जोशीको इजलासले संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिन आदेश दिएको हो।

यसअघि रुपन्देही, पर्सा र कास्की जिल्ला अदालतहरूले पनि सोही प्रकृतिको संगठित अपराधको अभियोग फिर्ता लिन आदेश दिएका थिए। कास्की अदालतमा दायर सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा समेत फिर्ता भइसकेको छ।

अदालतका पछिल्ला आदेशसँगै लामिछानेविरुद्ध विभिन्न जिल्लामा दायर भएका संगठित अपराधका अभियोगहरू फिर्ता भए पनि सहकारी ठगीसम्बन्धी मुद्दा भने यथावत् रहने भएको छ।

यसै प्रकरणमा जीबी राईलगायत अन्य प्रतिवादीहरूविरुद्धका सहकारी ठगीबाहेकका अभियोग पनि फिर्ता भएको जनाइएको छ।