दाङको फर्निचर उद्योगमा आगलागी

दाङको फर्निचर उद्योगमा आगलागी

दाङ, २४ वैशाख ।    दाङको एक फर्निचर उद्योगमा आगलागी हुँदा रु १० लाख बराबरको धनमाल क्षति भएको छ । तुलसीपुर उपमहानगरपालिका–१२ टरिगैस्थित ओम फर्निचर उद्योगमा आगलागी हँुदा उक्त मूल्यबराबरको धनमाल क्षति भएको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भीमबहादुर कार्कीले बताए ।

उनका अनुसार सोमबार राति १२ बजेतिर आगलागी हुँदा एउटा मोटरसाइकल, एकथान काठ चिर्ने उपकरण, दुईजोर झ्याललगायत सामग्री जलेर नष्ट भएको थियो । समयमै प्रहरी पुगेर आगो निभएकाले थप क्षति हुनबाट बचेको उनको भनाइ थियो । आगो आज बिहान १:१५ बजेतिर नियन्त्रणमा लिइएको थियो ।उद्योगका सञ्चालक ओमनारायण चौधरीले भने विद्युत् चुहावट भएर नभई कसैले सुनियोजित तरिकाले आगो लगाएको हुन सक्ने बताए । “विद्युत् सर्ट भएको भए विद्युत् तार भएको स्थानबाट आगो लाग्न शुरु गथ्र्यो होला”, उनले भने, “तर आगो मोटरसाइकल भएको स्थानबाट शुरु भएको छ, जसको नजिक विद्युत्को तारसमेत छैन ।”

आगलागी भइरहेको अवस्थामा पनि बाहिरका बत्ती बलिरहेको भन्दै यो विद्युत् सर्ट भएर नभई कसैले व्यक्तिगत रिसिइबीका कारण आगलागी गराएको हुन सक्ने भन्दै उनले यस विषयमा आफूले प्रहरीमा उजुरी दिने तयारी गरिरहेको जानकारी दिए ।