एजेन्सी । म्यानमारको कचिन राज्यस्थित बहुमुल्य ढुंगा खानीमा झरेको पहिरोमा पुरिएर ५४ जनाको मृत्यु भएको छ । बीबीसीकाअनुसार उनीहरु सबै स्वे नागर कोए काउङ र म्यानमार थुरा जेम्स् कम्पनीमा बहुमुल्य ढुंगा उत्खनन गर्ने मजदुर रहेको त्यहाँको सूचना मन्त्रालयले जनाएको छ ।
पहिरोका कारण एक विशाल ताल बनेको र शवहरु निकाल्न समस्या परेको प्रहरीको भनाई छ । हिलो माटोमा पुरिएकाको पनि बाँच्ने संभावना समेत कम रहेको स्थानीयलाई उदृत गर्दै बीबीसीले भनेको छ । उद्धार कार्य जारी छ ।