काठमाडौं, वैशाख ९ : श्रीलंकामा आइतबार भएको बम विस्फोटमा मृतकको संख्या दुई सय ९० पुगेको छ।स्थानीय संचारमाध्यमका अनुसार, तीन वटा चर्च र तीन वटा पाँचतारे होटलमा बम विस्फोट भएको हो। घटनास्थलमै एक सय ४० जनाको र बाँकीको उपचारका क्रममा मृत्यु भएको जनाएको छ।
जसमा श्रीलंकनसँगै बेलायतका पाँच, डेनमार्कका तीन, पोर्चुलगका एक, भारतका तीन, टर्कीका दुई, नेदरल्यान्डका एक र जापानका एक जनाको मृत्यु भएको छ। यसमा नेपाली कोही पनि नपरेको श्रीलंकाको प्रहरीले जनाएको छ।घटनामा पाँच सयभन्दा बढी घाइते भएका छन्। उनीहरूमध्ये धेरै गम्भीर रहेको जनाएको छ।
विस्फोटमा संलग्न रहेको आरोपमा २७ जनालाई पक्राउ गरिएको छ। श्रीलंकाको प्रहरीले छानविन गरिरहेको जनाएको छ।श्रीलंकाको गुप्तचर एजेन्सीले आक्रमण हुने सूचना पाएको थियो। त्यससम्बन्धी सबै निकायलाई जानकारी पनि दिएको थियो। प्रधानमन्त्री रनिल विक्रमासिंघेले भने, ‘संभावित घटनाका विषयमा सुरक्षा एजेन्सीहरूलाई पूर्वजानकारी दिथो।’आइतबार विहान लगातार ६ वटा विस्फोट भएका थिए। जसमा तीन वटा चर्चमा र तीन वटा पाँचतारे होटलमा थिए। त्यसपछि दिउसो पनि थप दुइटा विस्फोट भएका थिए।यसमा कसको संलग्नता छ भन्ने अझै खुलेको छैन्।
श्रीलंकाको प्रहरीले २७ जनालाई पक्राउ गरेको भएपनि संलग्नताबारे एकीन नभएको जनाएको छ। अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।