आज र भोलि देशभर भिटामिन ‘ए’ खुवाइदै

आज र भोलि देशभर भिटामिन ‘ए’ खुवाइदै

काठमाडाैं, ६ वैशाख । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आज शुक्रबार र भोलि शनिबार सञ्चालन हुँदैछ । दाेस्राे चरणकाे याे अभियान अन्तर्गत ७७ वटै जिल्लाका ६ महिनादेखि ५ पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने छ ।

कर्मचारी समायोजनले स्वास्थ्यकर्मी अन्यौलमा परे पनि खोप कार्यक्रम भने प्रभावित नहुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय तह समन्वय शाखाले सबै स्थानीय तहलाई भिटामिन ‘ए’ कार्यक्रम सहजीकरण गर्न निर्देशन दिएको छ ।

पहिलो चरण अन्तर्गत यसअघि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाएका बालबालिकालाई यसपटक पनि खुवाउनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।