नाइजेरियाका १ सय १२ जना बालिका अझैं बेपत्ता

नाइजेरियाका १ सय १२ जना बालिका अझैं बेपत्ता

एजेन्सी । उत्तर नाइजेरियाका १ सय १२ जना बालिका अझैं बेपत्ता रहेका छन् । बोको हरामको नियन्त्रणमा रहेका ती बालबालिकाको अवस्था अहिले सम्म पत्ता लाग्न सकेको छैन ।

सन् २०१४ मा बोको हरामले उत्तर नाइजेरियाका झन्डै ७ सय बालिकालाई नियन्त्रणमा लिएकोमा २ सय ७६ जनालाई रिहा गरेको थियो । ५७ जना भागेका थिए भने १ सय ९ जनालाई सरकारसँगको सहमति पछि रिहा गरिएको थियो ।

नाइजेरिया सरकारका अनुसार बोको हरामको नियन्त्रणमा रहेकामध्ये अझैं १ सय १२ जना बालिकाहरुको कुनै जानकारी प्राप्त हुन सकेको छैन । उनीहरुको खोजी कार्य भइरहेको र बोको हरामसँग पनि त्यस विषयमा वार्ताको प्रयास भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।